नेभिगेशन
अर्थतन्त्र

ऊर्जामन्त्रीले भेटे त्रिशुली थ्री ’ए को सुरूङमार्गबाट उद्वार गरिएका घाइते

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन् ।  
आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूको परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिएका हुन् । 
मन्त्री श्रेष्ठले त्रिशुली थ्री ए जलविद्युत् आयोजनाबाट उद्वार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि भेटेका थिए । 
यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्वार गरिएका चिनियाँ नागरिकसँग पनि भेटेका छन् । स्याफ्रुबाट उद्वार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए ।  
मन्त्री श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ अवस्था सुधारोन्मुख छ । पानी र लेदोबाट भएका घाउहरू निको हुँदैछ । शारीरिक घाउ चोटहरू निको हुन थालेको छ । मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्