नेभिगेशन
अर्थतन्त्र

बाढी प्रभावित परिवारलाई सुविसुद्वारा निःशुल्क इन्टरनेट सेवा

नुवाकोट । बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो । उक्त सेवा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा उपलब्ध गराइएको हो । 
विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले भने,‘राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाइ सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ । कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाका लागि धन्यवाद व्यक्त गर्दछु।”
 
त्यसैगरी, समाजसेवी श्री रमेश श्रेष्ठले भने, ‘विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ । सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको छ ।’
यसैगरी, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकहरूको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क वाइmफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्