नेभिगेशन
अर्थतन्त्र

रामेछापका श्रेष्ठद्वारा बेस्ट होम फर्निशिङ कलंकीमा सफलरुपमा सञ्चालन

काठमाडौं । काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र कलंकी चौकमा विगत करिब २० वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको बेस्ट होम फर्निशिङ अहिले होम डेकोर तथा इन्टेरियर सामग्रीको भरपर्दो गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।
रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नम्बर ८ निवासी गणेश कुमार श्रेष्ठको सञ्चालन तथा व्यवस्थापनमा रहेको बेस्ट होम फर्निशिङमा घर, कार्यालय, होटल तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने गुणस्तरीय होम फर्निशिङ सामग्रीहरू उपलब्ध रहेको बताइएको छ । 
बेस्ट होम फर्निशिङमा लेमिनेट फ्लोरिङ, पार्केटिङ, एसपीसी फ्लोरिङ, विभिन्न डिजाइनका कार्पेट, आधुनिक तथा प्रिमियम परदा, डोरम्याट, म्याट्रेस लगायत होम फर्निशिङसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू ग्राहकको आवश्यकता र रोजाइअनुसार उपलब्ध गराइँदै आएको छ ।
व्यवसायलाई अझ गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सञ्चालक गणेश कुमार श्रेष्ठले विभिन्न सामग्रीहरू चीनबाट प्रत्यक्ष रूपमा आयात (इम्पोर्ट) गर्दै ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रयास गर्दै आएका छन् ।
विगत दुई दशकदेखि यस क्षेत्रमा निरन्तर सक्रिय बेस्ट होम फर्निशिङले ग्राहकको विश्वास, गुणस्तरीय सामग्री र राम्रो सेवालाई आफ्नो प्रमुख प्राथमिकता बनाएको सञ्चालक श्रेष्ठ बताउँछन् । 
रामेछापको मन्थलीबाट काठमाडौं आएर आफ्नो मेहनत, अनुभव र निरन्तर लगनशीलताका साथ व्यवसायलाई स्थापित गर्न सफल गणेश कुमार श्रेष्ठ आज होम फर्निशिङ व्यवसायमा परिचित व्यवसायीका रूपमा अगाडि बढिरहेका छन् ।
घरलाई सुन्दर, आकर्षक र आधुनिक बनाउन आवश्यक पर्ने विभिन्न किसिमका फ्लोरिङदेखि पर्दा, कार्पेट र म्याट्रेससम्मका सामग्री एउटै स्थानमा उपलब्ध गराउँदै आएको बेस्ट होम फर्निशिङ, कलंकी चौक, काठमाडौं ग्राहकहरूको रोजाइ बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्