नेभिगेशन
अर्थतन्त्र

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकम कर्मचारीको सवा २ करोड

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड दुई लाख छब्बिस हजार छैसठ्ठी रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सोमबार नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट एक कार्यक्रमका बिच प्रबन्ध निर्देशक संगीता पहाडीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । 
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको समेत उपस्थिति थियो ।
यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा कम्पनीमा कार्यरत कर्मचारीहरूले व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका थिए । 
विपद्बाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलवबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । 
नेपाल टेलिकमले संस्थागत रुपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्रै उपलब्ध गराउने उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्