नेभिगेशन
अर्थतन्त्र

भक्तपुर नगरपालिकाको ७५ लाख ७१ हजार आर्थिक सहयोग

भक्तपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट  ७५ लाख ७१ हजार ६७९ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
 रसुवाको भोटेकोशी बाढीपीडितका भक्तपुर नगरपालिकाको तर्फबाट ३० लाख, नगरपालिकाका स्थायी र करार कर्मचारीतर्फबाट १७ लाख ७९ हजार ९८७, सफाइ ठेकेदार र ज्यालादारी तर्फबाट १ लाख ६८ हजार ५३१, जनप्रतिनिधिको तर्फबाट १ लाख, प्रधानमन्त्री रोजगार युवा उद्यम कार्यक्रमतर्फबाट १७ हजार ५७२ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
 त्यस्तै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले १ लाख ९५ हजार, ख्वप माविले  ६ लाख ६२ हजार १६६, ख्वप कलेज अफ ल ले ४४ हजार , ख्वप इन्जिनियरिङ कलेजले ४ लाख १३ हजार ५००, ख्वप कलेज अफ इन्जिनियरिङले ३ लाख ४४ हजार ९०१, ख्वप बहुप्राविधिक अध्ययन संस्थानले  ८३ हजार र ख्वप अस्पतालले ७ लाख ६२ हजार ४०० प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्