नेभिगेशन
अर्थतन्त्र

सप्तरंगी इन्द्रेणी बौद्ध समाजद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर प्रभावित भएका नागरिकहरुको उद्धार, राहत र पुनस्र्थापनाको लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले आर्थिक सहयोग गरेको छ । 
समाजका पदाधिकारीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठमार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख १ हजार १०१ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 
सप्तरंगी इन्द्रेणी बौद्ध समाजका अध्यक्ष मनिक लामाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठलाई चेक हस्तान्तरण गरेको थियो । 
उक्त अवसरमा बौद्ध लामाहरुले अहिलेको महाविपत्ति संकटबाट देशलाई पार लगाउन मन्त्रोच्चारणसहित आर्शिवाद दिएको थियो ।  
मन्त्री श्रेष्ठले देश संकटमा परेका बेला सहयोगका लागि हातेमालो गरेकामा धन्यवाद दिए । सरकार र सरोकारवाला सबै नागरिकको प्रयासले देश चाँडै संकटबाट निस्किने विश्वास उनले दिलाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्