नेभिगेशन
अर्थतन्त्र

पब्जी मोबाइल नेपालले बाढी प्रभावित परिवारलाई राहत सहयोग

नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायका लागि अत्यावश्यक राहत सामग्री हस्तान्तरण

काठमाडौं । पब्जी मोबाइल नेपालले बाढीबाट प्रभावित परिवार तथा समुदायको तत्काल आवश्यकतामा सहयोग पु¥याउने उद्देश्यले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।
राहत सहयोगअन्तर्गत खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत प्रभावित परिवारका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ ।
उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आवश्यक समन्वय गरी सामग्रीलाई नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा क्रमशः वितरण गर्ने बताइएको छ ।
राहत सामग्री उपलब्ध गराउनुका साथै पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारद्वारा सार्वजनिक गरिएको आधिकारिक क्युआर कोडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सम्बन्धी जानकारी आफ्ना समुदायमा साझा गरिरहेको पनि बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्