नेभिगेशन
अर्थतन्त्र

घाम पावरद्वारा नेपालको पहिलो सोलुबल लिड फ्लो ब्याट्री सार्वजनिक

प्रयोग भइसकेको लिडलाई स्वच्छ ऊर्जा भण्डारणमा रूपान्तरण

काठमाडौं । घाम पावर नेपालले पहिलोपटक सोलुबल लिड फ्लो ब्याट्री सार्वजनिक गरेको छ ।  यो नेपालकै लागि विकास र प्रदर्शन हुँदै गरेको एक उदीयमान ऊर्जा भण्डारण प्रविधि हो । सार्वजनिकीकरण कार्यक्रममा युनिभर्सिटी अफ साउथ्याप्टनका प्रोफेसर रिचार्ड विल्सले प्रत्यक्ष प्रदर्शनमार्फत पत्रकार तथा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूलाई ब्याट्री कसरी काम गर्छ र यसलाई कसरी निर्माण गरिन्छ भन्ने विषयमा जानकारी दिएका थिए ।
प्रयोग भइसकेका ब्याट्रीबाट पुनःप्राप्त लिडलाई विद्युत् भण्डारणको मुख्य सामग्रीका रूपमा प्रयोग गरी नयाँ जीवन दिने, जसले सौर्य र जलविद्युत्बाट उत्पादित ऊर्जा भण्डारण गर्ने विकल्पको रुपमा काम गर्छ । नेपालको नवीकरणीय ऊर्जा क्षमता बढ्दै जाँदा भरपर्दो भण्डारणको आवश्यकता पनि बढ्दै गएको छ । एसएलएफबीले नवीकरणीय ऊर्जा एकीकरण तथा लामो अवधिको स्थिर ऊर्जा भण्डारणमा यो खाडल पुर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनका क्रममा प्रोफेसर विल्सले ब्याट्री कसरी चार्ज र डिस्चार्ज हुन्छ, अर्थात् इलेक्ट्रोडमा लिड कसरी जम्मा हुन्छ र पुनः हट्छ भनेर प्रत्यक्ष रूपमा स्पष्ट पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्