नेभिगेशन
अर्थतन्त्र

वर्ल्डलिंकद्वारा १ करोड १ लाख सहयोग

काठमाडौं ।  नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ  ।
वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो  । विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले वल्र्डलिंकले उक्त रकम प्रदान गरेको हो  ।
वल्र्डलिंकका लागि यो सहयोग केवल व्यावसायिक क्षेत्रसँग जोडिएको कुनै गतिविधि होइन, मानवीयता र राष्ट्रप्रतिको जिम्मेवारीबाट गरिएको सहयोग हो  । देशका नागरिक समस्यामा परेका बेला आफु पनि प्रभावित हुँदाहुँदै उनीहरूको साथमा उभिनुपर्छ भन्ने मान्यताका साथ कम्पनीले यो सहयोग गरेको हो  ।
आफ्नै संरचनामा करिब ३.५ करोडको क्षति, तर सेवा पुनःस्थापनामा तत्काल सक्रियता
हालैको बाढीबाट वल्र्डलिंकको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ  । प्रारम्भिक विवरणअनुसार कम्पनीले प्रत्यक्ष रूपमा करिब ३ अर्ब ५ करोड बराबरको क्षति व्यहोरेको छ  ।
तर, आफ्नै संरचनामा ठूलो क्षति भए पनि वल्र्डलिंकले ग्राहक तथा नागरिकलाई इन्टरनेट सेवाबाट लामो समयसम्म वञ्चित हुन नदिन बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ  ।
विपद्का कारण सडक, विद्युत् तथा अन्य पूर्वाधारमा समस्या उत्पन्न भएको अवस्थामा पनि वल्र्डलिंकका प्राविधिक सम्पूर्ण टिम तथा सम्बन्धित टोलीहरू प्रभावित नेटवर्कको मर्मत तथा पुनःस्थापनामा निरन्तर खटिएका थिए  ।
इन्टरनेट आजको समयमा केवल एउटा व्यावसायिक सेवा मात्र नभई सूचना, सञ्चार, उद्धार, राहत तथा आपत्कालीन समन्वयको महत्वपूर्ण माध्यमसमेत बनेको छ । त्यसैले विपद्को समयमा सञ्चार सेवा निरन्तर राख्नु पनि मानवीय सहयोगकै एउटा महत्वपूर्ण हिस्सा भएको वल्र्डलिंकको बुझाइ छ  ।
व्यवसायभन्दा माथि मानवता
नेपालको डिजिटल कनेक्टिभिटीमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वल्र्डलिंकले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ  ।

विपद्को समयमा कम्पनीले आफ्नै पूर्वाधारमा ठूलो क्षति व्यहोरेको अवस्थामा पनि रु. १ करोड १ लाखको आर्थिक सहयोग गर्नुले संकटको समयमा मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ  ।
वल्र्डलिंकका लागि नेपाली नागरिक केवल ग्राहक मात्र होइनन्  । देशका विभिन्न भूगोल र समुदायलाई डिजिटल रूपमा जोड्दै आएको कम्पनीले विपद्को समयमा नेपाली नागरिकको दुःखमा साझेदार बन्नु आफ्नो सामाजिक र राष्ट्रिय दायित्व भएको विश्वास राखेको छ  ।
वल्र्डलिंकको यो सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनस्र्थापना र पुनर्निर्माणका प्रयासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ  ।
राष्ट्रलाई कठिन समय परेको बेला निजी क्षेत्रले सरकार र नागरिकसँग हातेमालो गर्नु आजको आवश्यकता हो । यही भावनाका साथ वल्र्डलिंकले आफूले क्षति व्यहोरेर पनि प्रभावित नागरिकको साथमा उभिँदै मानवता, सेवा र राष्ट्रप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिएको हो  ।
वल्र्डलिंक कम्युनिकेसन्श, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक मात्र होइन, आवश्यक परेको समयमा नेपाली नागरिकसँग उभिने जिम्मेवार नेपाली कम्पनी पनि हो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्