नेभिगेशन
अर्थतन्त्र

स्थिर ब्याजदरमा सिटिजन्स बैंकको कर्जा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९  प्रतिशत प्रति बर्ष ब्याजदरमा सजिलो घर कर्जा ल्याएको छ । यसका साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९  प्रतिशत प्रति बर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर घर कर्जा मा ५ बर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ बर्ष सम्म स्थिर  रहने छ । स्थिर अबधि समाप्त भएपछि  भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्