नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरे  । 
यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सकिनेछ ।  
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । उक्त सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई उल्लेखित बमोजिमका ल्याब टेस्टमा लाग्ने शुल्कहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्