नेभिगेशन
अर्थतन्त्र

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
कम्पनीद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच क्रिकेट खेलाडी कुशल भुर्तेललाई र नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो ।
सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्ता लगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले यी साझेदारीहरुले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवद्र्धन गर्न तथा सेवासुविधाहरूको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिन् ।
नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्