नेभिगेशन
अर्थतन्त्र

दिगो यातायात र निर्माण पूर्वाधार सम्मेलन

विकास निर्माण तथा पूर्वाधार क्षेत्रका नयाँ चु्नौती र प्रयोगहरुको विषयमा पूर्वाधार क्षेत्रका विज्ञ तथा प्राविधिकहरुले पूर्वाधार क्षेत्रमा देखापरेको चुनौती प्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।  विकास मन्त्रालय, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल तथा इस्र्टन एशिया सोसाइटी अफ ट्रान्सर्पोटेशन स्टडिजको संयुक्त  आयोजनामा आयोजित दिगो यातायात तथा शहरी गतिशीलता विषय अन्तराष्ट्रिय सम्मेलनमा पूर्वाधार क्षेत्रमा अन्तराष्ट्रिय रुपमा नै चुनौती थपिएको बताएका हुन् । 
नेपालका रसुवाको भोटेकोशीमा आएको विशानकारी वाढीको कारण सिर्जित गम्भीर मानवीय तथा भौतिक क्षति प्रति चिन्ता गदै प्राविधिक क्षेत्रका विज्ञहरुले सडक पूर्वाधारको निर्माणमा दिगो योजना र सोचको आवश्यक भएको बताए । 
प्रतिनिधि सभाका पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले यातायात तथा पूर्वाधार क्षेत्रको विकासमा सरकारले दिर्घकालिन नीति र योजना निर्माण गर्न आवश्यक भएको हुदाँ त्यस तर्फ सरकारले दिगो सोच राख्नु पर्ने धारणा व्यक्त गरेका छन् । एशियाली विकास बैकका पूर्व उपाध्यक्ष प्रा.डा.बाम्वाङ सुसान्तोनोले कार्यपत्र प्रस्तुत गदै पूर्वाधार क्षेत्रमा देखिएको नयाँ चुनौतीहरुको गम्भीरताको बारेमा प्रकाश पारेका थिए । त्यसैगरी पूर्वाधार क्षेत्रका विज्ञ सिगेरु मौरुची लगायतका अन्तराष्ट्रियस्तरको विज्ञहरुले पूर्वाधार क्षेत्रको समस्या र नयाँ अवस्थाहरुको विषयमा चिन्ता गरेका थिए । त्यसैगरी सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष डा. हरेराम श्रेष्ठले यातायात तथा पूर्वाधार विकासमा प्रकृतिले दिएको चुनौती तथा यातायात क्षेत्रको कठिन अवस्थालाई सम्मेलनको ध्यानाकर्षण भएको बताए । हालै नेपालको रसुवामा भोटेकोशीको बाढीले ल्याएको विनाशकारी अवस्थाले पूर्वाधार क्षेत्रमा चुनौती थपिएको उल्लेख गदै सडक पूर्वाधारको अवस्था प्रति विद्दहरुले साझा धारणा राखेको अध्यक्ष श्रेष्ठले बताए । सम्मेलनमा पूर्विय एशियाका १९ वटा देशहरुको विभिन्न संघ संस्थाका प्रतिनिधि तथा इन्जिनियरहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्