नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फलेवास नगरपालिका–४, पर्वतस्थित मुडिकुवा स्वास्थ्य चौकी, जयनगर, बारबर्दिया नगरपालिका–६, बर्दियास्थित श्री अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका–१, जुम्लास्थित श्री मालिका आधारभूत विद्यालयमा सहयोग प्रदान गरेको छ । 
बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको मुडिकुवा स्वास्थ्य चौकीलाई बिरामी उपचारमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराएको हो । बैंकका पोखरा सर्कल हेड  स्वेता शेरचन तुलाचन र न्युरोड पोखरा शाखा प्रमुख विजय चापागाईंले स्वास्थ्य चौकी इन्चार्ज दुर्गाबहादुर थापा र उक्त वडाका अध्यक्ष अच्यूत तिवारीलाई संयुक्त रुपमा उक्त सहयोग सामग्री हस्तान्तरण गरेको थियो । त्यसैगरी, बैंकले १०१३ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री अशुंवर्मा माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउदै स्वस्थकर पानी पिउने वातावरण निर्माण गर्न वाटर फिल्टर र कुलर जडान गरेको छ । 
बैंकका नेपालगञ्ज सर्कल हेड अशोक कुमार तिमिल्सेना र मगरागढी शाखा प्रमुख महेन्द्र बहादुर शाहीले संयुक्तरुपमा उक्त विद्यालयका प्रधानाध्यापक  पूमराज शर्मालाई उक्त सेवा जडान गरेर हस्तान्तरण गरे । यसका साथै, बैंकले दुर्गम क्षेत्रमा अवस्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत १११ भन्दा धेरै विद्यार्थीहरुले डिजिटल प्रविधिमा आधारित आधुनिक शिक्षा प्राप्त गर्न सहयोग होस् भन्ने उद्देश्यसहित स्मार्ट बोर्ड प्रदान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्