नेभिगेशन
अर्थतन्त्र

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग

काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन् । यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप उक्त रकम प्रदान गरेको जनाएको छ ।
उक्त सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्