नेभिगेशन
अर्थतन्त्र

टीभीएस नेपालद्वारा दशैं योजना सार्वजनिक

काठमाडौं । नेपालको महान चाडपर्वको अवसरमा, नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्व लक्षित उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको टीभीएस गोल्डेन कि योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नेछ ।
योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरूले १० लाख रुपैयाँसम्म नगद छुट वा गोल्ड की वा खरिद मूल्यको शत प्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्ने बताइएको छ । हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले योजनाले यस चाडपर्वमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने अनुभवलाई अझ आकर्षक र लाभदायी बनाउने लक्ष्य लिएको छ ।
यसंैगरी विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर समेत प्राप्त गर्नेछ । यसमार्फत ग्राहकहरूले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको थप लाभ प्राप्त गर्न सक्नेछ ।
चाडपर्वमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन ग्राहकहरूले सहज फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्नेछ। 
योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने,‘दशैं उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व हो। टीभीएसमा हामी सधैं आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं। ’
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,‘ अभियानमार्फत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ भने दैनिक लक्की ड्रले थप उत्साह र जित्ने अवसर प्रदान गर्नेछ। सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्