नेभिगेशन
अर्थतन्त्र

निशान पोली क्लिनिकको चार लाख सहयोग

काठमाडौं । राजधानीको महाराजगञ्जस्थित निशान पोली क्लिनिकले बाढी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी उद्धार कोषमा चार लाख रुपैयाँ उपलब्ध गराएको छ । निशान पोली क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापन पक्षको तर्फबाट संकलित सहयोग रकम कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

पोली क्लिनिकमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा मन बहादुर केसी, वरिष्ठ चर्म रोग विशेषज्ञ डा अनिलकुमार दास लगायतको विशेष व्यक्तिगत सहयोगमा कोषमा उक्त रकम जम्मा गरिएको हो । पोली क्लिनिकले तिज पर्वको अवसरमा क्लिनिकमा कार्यरत कर्मचारीहरूको लागि उपहारसहितको तिज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो । तर भदौ १० मा रसुवाको भोटेकोशी हुँदै आएको महाविनाशकारी बाढीले ठूलो मानवीय एवं भौतिक क्षति गरेपश्चात् उक्त कार्यक्रम रद्द गरी बाढी प्रभावितहरूलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्