नेभिगेशन
अर्थतन्त्र

अर्थमन्त्री वाग्ले भारत जाने

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणमा नयाँदिल्ली जाने भएका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार वाग्ले द्विपक्षीय बैठकका लागि असोज १ र २ गते भारतमा रहने छन् । 
वाग्लेले भारतमा रहँदा नेपाल–भारत सहकार्य र भोटेकोशी विपद्पछिको पुनर्निर्माणबारे छलफल गर्नेछन् । भ्रमणमा उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने बताइएको छ । भारतमा उनी कन्फिडेरेशन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भिœयाउनेबारे छलफल गर्ने बताइएको छ । त्यस्तै, दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्