नेभिगेशन
अर्थतन्त्र

हुन्डाई नेपालद्वारा आकर्षक नगद छुट

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले यस वर्षको दशैं, तिहार तथा छठको अवसरमा विशेष अफर ह्युन्डाइ फेस्टिभ ड्राइभ घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत थप छुट तथा विभिन्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
अफरअन्तर्गत ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर समेत पाउनेछन् । यसका साथै, ह्युन्डाईले गाडी खरिदमा १ वर्षको निःशुल्क अटोप्लस इन्सुरेन्स र १ वर्षको निःशुल्क सडक कर पनि उपलब्ध गराएको छ ।
हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई थप मूल्य, सुविधा र सहजतासहितको ह्युन्डाई स्वामित्व अनुभव प्रदान गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्