नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्राजेक्टर उपलब्ध गराएको छ ।  
धनगढीमाई  नगरपालिका–९ सिराहास्थित श्री महावीर माध्यमिक विद्यालय चैनपुर, ठाकुरबाबा नगरपालिका–२, कर्मला, बर्दियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी उप–महानगरपालिका–१९, जब्दी सुनसरीस्थित श्री पञ्चायत रजत जयन्ती आधारभूत विद्यालय र सुनवर्षी नगरपालिका–२, अमरदह, मोरङस्थित श्री वीरेन्द्र सार्वजनिक विद्यालयलाई विद्यार्थीहरूको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सो सामग्री उपलब्ध गराएको हो ।  
बैंकले उक्त विद्यालयहरूलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्