नेभिगेशन
अर्थतन्त्र

नवौं नेपाल जग्गा, आवास तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । 
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घरजग्गा खरिद तथा घर निर्माण गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य गर्ने उल्लेख गएिको छ । ग्राहकहरूको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तिय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले सहभागिता जनाएको हो ।  हाल विकास बैंकहरूमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा घर÷जग्गाा खरिद तथा घर निर्माण कर्जा प्रदान गरिरहेको सो बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेछ । सो अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्ने जनाएको छ । भाद्र महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ घर÷जग्गा खरिद तथा घर निर्माण कार्यको लागि कर्जा लिने ग्राहकहरूले लिन सक्नेछन् । 
प्रर्दशनीमा बैंकका प्रतिनिधिहरूले ग्राहकसँग प्रत्यक्ष अन्र्तक्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैकिङ सुविधाहरू बारे आवश्यक जानकारी तथा परामर्श प्रदान गर्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्