नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचकमा २२.८५ अंकको वृद्धि, कारोबार रकम साढे ६ अर्बमाथि

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार शेयर सूचक मापक नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बिहीबारको तुलनामा बढेको छ।

बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ४९ करोड बराबरको कारोबार भएको थियो । यस दिन ३४५ वटा स्क्रिप्सको २ करोड १२ लाख ७२ हजार  ७६१ कित्ता सेयर ६ अर्ब ७४ करोड ५६ लाख  ३१ हजार ६०७ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १९६ वटा स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। स्नो रिभर्सको सेयर सर्वाधिक १३.६६ प्रतिशतले बढ्यो। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर ९.८१ प्रतिशतले बढ्दा  मैलुङ्ग खोला जलविद्युत कम्पनीको ८.८४,याम्बलिङ हाइड्रोपावरको ६.२० र बोटलर्स नेपाल (तराई)को ५.०६ प्रतिशतले बढ्यो।

ह्याथवे इन्भेस्टमेन्ट नेपालका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। यसको सेयर १५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रह्यो। बैंकले ३२ करोड मूल्य बराबरको कारोबार गर्यो।

लक्ष्मी सनराइज बैंकले २७ करोडको सेयर कारोबार गर्दा  ग्लोबल आईएमई बैंकले २३ करोड,लिबर्टी इनर्जीले २२ करोड र सिद्धार्थ बैंकले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

फाइनान्स र अदर्श समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिए। बैंकिङ र लाइफ इन्स्योरेन्स समूहको उपसूचक १ प्रतिशत बढिले वृद्धि भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्