नेभिगेशन
अर्थतन्त्र

बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल

काठमाडौं । ठाकुरबाबा नगरपालिकाको पहलमा स्थानीय पर्यटन उद्यमी, समुदाय तथा व्यवसायलाई डिजिटल प्लेटफर्म, सामग्री सिर्जनाकर्ता र नयाँ दर्शकसँग जोड्दै बर्दियाको पर्यटन अर्थतन्त्रलाई सुदृढ बनाउने पहल चालिएको छ । 
द एसिया फाउन्डेसन नेपालको सहयोगमा सञ्चालित सो पहलले स्थानीय होमस्टे, साना व्यवसाय, प्रकृति गाइड तथा पर्यटन उद्यमीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै बर्दियाका विविध पर्यटन अनुभव तथा सेवाको पहुँच र दृश्यता नयाँ बजारसम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।
बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज, समृद्ध थारू संस्कृति तथा कर्णाली नदी लगायत विशिष्ट पर्यटन गन्तव्यहरू रहेका छन् । तर, यात्रुहरूले गन्तव्य खोज्ने, मूल्यांकन गर्ने र भ्रमणका लागि छनोट गर्ने क्रममा डिजिटल प्लेटफर्मको प्रभाव बढ्दै गए पनि यीमध्ये धेरै अनुभवहरू अझै डिजिटल माध्यममा पर्याप्त रूपमा प्रस्तुत हुन सकेका छैनन् ।
बर्दिया डिजिटल मेलाले यही अन्तरलाई सम्बोधन गर्दै सामग्री सिर्जनाकर्ता, पर्यटन उद्यमी, सरकारी निकायका प्रतिनिधि, पर्यटन संघसंस्था, विद्यार्थी तथा युवालाई एकै ठाउँमा ल्याएर बर्दियाका मौलिक कथा र अनुभवलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने, सिर्जना गर्ने तथा व्यापक रूपमा प्रसार गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।
सो पहलले स्थानीय पर्यटन उद्यमी तथा लघु, साना तथा मझौला उद्यमलाई डिजिटल सीप, व्यापक दृश्यता तथा नयाँ बजारमा पहुँच प्रदान गर्दै आफ्ना कथा र अनुभवलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने सामग्री सिर्जनाकर्तासँग जोड्ने उद्देश्य राखेको छ ।
द एसिया फाउन्डेसन नेपालले बर्दियालाई मौलिक, समावेशी तथा दिगो पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने प्रयासअन्तर्गत डिजिटल क्षमता अभिवृद्धि, नवप्रवर्तन तथा बजार पहुँच विस्तारमा सहयोग गरिरहेको छ ।
विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन विभागका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने,‘बर्दियासँग कथा छन्, मानिस छन् र अनुभवहरू छन्। अब आवश्यक कुरा भनेको यी कथालाई स्थानीय संवादबाट विश्वव्यापी यात्रासम्म पु¥याउनु हो। ’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्