नेभिगेशन
अर्थतन्त्र

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध घरायसी उपकरण ब्रान्ड बेकोले विशेष उत्सव योजना ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत उपभोक्ताले बेकोका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक उपहार, क्यासब्याक तथा सहज खरिद सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
विशेष योजनामा बेकोका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एयर कन्डिसनर तथा फ्री स्ट्यान्डिङ ओभनलगायतका उत्पादनहरू समावेश छन् । योजनाअन्तर्गत वाशिङ मेसिन खरिदमा ६ केजी सर्फ एक्सेल, डिशवाशर खरिदमा २ उअक वाशिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभन खरिदमा प्रेसर कुकर तथा डबल डोर रेफ्रिजरेटर खरिदमा इलेक्ट्रिक केटल निःशुल्क प्रदान गरिने बताइएको छ । साथै, एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुने बताइएको छ ।
यसका अतिरिक्त, उपभोक्ताले  ३० हजार २ सय रुपैयाँसम्मको क्यासब्याक तथा शून्य प्रतिशत ब्याजदरमा इएमआइ सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बेकोले आफ्ना उत्पादनहरूमा शतप्रतिशत पाट्र्स उपलब्धता तथा सर्भिसको सुनिश्चिततासँगै १२ वर्षको मोटर वारेन्टीसमेत प्रस्तुत गरेको छ ।
दसैँको अवसरमा परिवारसँग बिताइने हरेक पललाई अझ सहज र खुसीमय बनाउने उद्देश्यले बेकोले यो विशेष योजना ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र