नेभिगेशन
अर्थतन्त्र

काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट’, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । शनिवारसम्म सञ्चालन हुने मेलाको औपचारिक उदघाटनसँगै एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका कार्यक्रमहरू सुरु भएका छन् । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला ६ दिनसम्म चल्नेछ ।
उदघाटन कार्यक्रममा डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहाप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।  आगन्तुकहरूले मेलास्थलमा प्रदर्शनीमा राखिएका यामाहाका अत्याधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकलहरूको विस्तृत रेन्ज अवलोकन गर्न सक्ने बताइएको छ ।
मेला अवधिभर ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सक्नेछन् । यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिएको छ जसले प्रत्येक सवारीसाधनको अधिकतम मूल्यांकन सुनिश्चित गर्नेछ । मेलामा ‘चंगा चेट’ अभियानअन्तर्गत नयाँ यामाहामा अपग्रेड हुन प्रोत्साहन गर्नुका साथै योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि उपलब्ध छ ।
सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ । साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहेको छ । मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमार्फत आगन्तुकहरूले हाइटेक ग्याजेटहरू जित्ने अवसरसमेत पाउनेछन् ।
सो अवसरमा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, ‘ब्लू फेस्टको प्रत्येक संस्करणले नेपाली राइडरहरूका लागि एक्सचेन्ज र अपग्रेड किन महत्वपूर्ण हुन्छ भन्ने कुरा सम्झाउने गर्दछ । यो वर्ष ‘द बिगेस्ट एक्सचेन्ज मेला’ मार्फत हामीले सवारीसाधनको मूल्यांकनदेखि फाइनान्सिङ र नयाँ यामाहा लिएर घर फर्किने क्षणसम्मको सम्पूर्ण प्रक्रियालाई सकेसम्म सहज र लाभदायक बनाउन चाहेका छौं।’
खरिदको अनुभवसँगै मेलामा आगन्तुकका लागि टेस्ट राइडमा पुरस्कार जित्ने अवसर, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग मीट–एण्ड–ग्रीट सेसन प्रस्तुति पनि राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र