नेभिगेशन
प्रवास

लोक तथा दोहोरी प्रतिष्ठान अस्ट्रेलियाको अध्यक्षमा विन्दु पौडेल

सिड्नी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल–अस्ट्रेलिया शाखाले नयाँ कार्यसमिति पाएको छ । शाखाको तेस्रो अधिवेशनले विन्दु पौडेललाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी प्रकाश सापकोटाले पाएका छन् भने प्रथम उपाध्यक्षमा डीबी थापा, द्वितीय उपाध्यक्षमा सुमन पोखरेल र महिला उपाध्यक्षमा निशा केसी निर्वाचित भएका छन् ।

त्यस्तै, सचिवमा आवृत्ती भुसाल, कोषाध्यक्षमा गोविन्द भण्डारी, सह–सचिवमा आरुती रुचाल र सह–कोषाध्यक्षमा विष्णु न्यौपाने चयन भएका छन् ।

सदस्य पदमा उमा गिरी, नवराज भण्डारी, डीबी कालिज, सविन भण्डारी, विक्रम शर्मा, यडीशा गैरे, भुवन लम्साल, प्रकाश सापकोटा, अमृत सापकोटा, काजिस श्रेष्ठ, मिलन विश्वकर्मा, रोशन रेग्मी र अञ्जु अधिकारी निर्वाचित भएका छन् ।

नव–निर्वाचित कार्यसमितिले अस्ट्रेलियामा नेपाली लोक तथा दोहोरी संस्कृतिको प्रवर्द्धनमा अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्