नेभिगेशन
प्रवास

महासभामा शाहको सम्बोधन आज

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई बिहीबार सम्बोधनको तालिका छ ।  मंगलबार नेपालबाट प्रस्थान गरेका उनी कतार हुँदै बुधबार अमेरिकाको न्युयोर्क पुगेका छन् । शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने तयारी गरेका छन् । मंगलबार मात्रै  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै नेपालका हिमालहरूबाट संसारको छानो खसिरहेको बारेमा आफूले तीन वर्ष अघि नै ध्यानाकर्षण गराएको बताएका थिए । नेपालले यसपटकको महासभामा नेपालले आफूले कार्बन उत्सर्जनमा योगदान नगरे पनि त्यसको मार खेप्नुपरेको भन्दै जलवायुजन्य न्यायको विषयलाई उठाउँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्