नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया बैंकद्वारा सहयोग प्रदान

काठमाडौं । एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्ला, टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको छ ।  
हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत  सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा सोमबार एक विशेष कार्यक्रमका बीच बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक पतीराम चौधरीलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे । त्यसैगरी, १ हजार १७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर चौधरीलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे । त्यस्तै, १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई पनि बैंकका धनगढी सर्कल हेड दिपक विष्ट र टिकापुर शाखा प्रमुख लोक बहादुर विष्टले संयुक्त रुपमा उक्त विद्यालयका अध्यक्ष वीर बहादुर खड्कालाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गरिएको थियो ।  
त्यस्तै बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधा सहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीले संयुक्त रुपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष ईश्वर सिल्वाललाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्