नेभिगेशन
अर्थतन्त्र

एलजीको उपहार, मनाऔँ दशैं र तिहार योजना सार्वजनिक

काठमाडौं । यस वर्षको महान् पर्व दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजीले विशेष पर्व लक्षित उपहार योजना एलजीको उपहार, मनाऔँ दशैं र तिहार सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने बताइएको छ ।
कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको छ । जस अनुसार ३२ इन्च टिभी बाहेक, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्ने बताइएको छ ।  
सिजीले फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइने बताइएको छ। 
यसैंगरी साइड–बाई–साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ। 
डिशवासरको खरिदमा २ प्याकेट फच्र्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनर को खरिदमा निःशुल्क जडान सेवा उपलब्ध हुनेछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्