नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकममा भने गिरावट

काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन बुधबार  नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेको थियो।
नेप्से बढेपनि कारोबार रकममा भने बुधबारको तुलनामा कमी आएको छ। यसदिन ३५६ वटा स्क्रिप्सको १ करोड ७२ लाख  ७० हजार ४४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख  १३ हजार  १६८ रुपैायाँमा खरिदबिक्री भए। बुधबार  ६ अर्ब ३५ करोड  मूल्य बराबरको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये १७६ वटा स्टक्सको मूल्य बढ्दा ९५ वटाको घट्यो। ७ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
यसदिन नेपाल लुबे ओइलको सेयर सर्वाधिक १२.४७ प्रतिशतले बढ्यो। सोनपुर मिनरल्स एण्ड ओइलको सेयर ७.६५ प्रतिशतले बढ्दा कुमारी सवल योजनाको ७.५६ प्रतिशत,घोराही सिमेन्ट इन्डस्ट्रिजको ७.०७ र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ६.४७ प्रतिशतले बढयो। मिड सोलु हाइड्रोपावरको सेयर भने  ११.५८ प्रतिशतले घट्यो।
३५ करोड ८१ लाख रुपैयाँको कारोबार गरी शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। हिमालयन डिस्टिलरीले ३५ करोड १६ लाख,तमोर मिडल तमोर हाइड्रोपावरले २४ करोड,रिलायन्स स्पिनिङ मिल्सले २२ करोड र सोनपुर मिनरल्स एण्ड ओइलले १८ करोडको सेयर कारोबार गरे।
आज नन लाइफ इन्स्योरेन्सबाहेक बाँकी अरु समूहको उपसूचक सकारात्मक देखिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै