नेभिगेशन
साहित्य

भाषाविद् डा बन्धु सम्मानित

त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका प्रा डा चूडामणि बन्धुलाई सम्मान गरेको छ ।
       विभागको ६७औँ स्थापना दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका  उपकुलपति प्रा डा भोला थापाले प्रा डा बन्धुलाई सम्मान गरेका हुन् । नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणको अध्ययन, अनुसन्धान र प्रवद्र्धनमा डा बन्धुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको विभागका प्रमुख प्रा डा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
       सो अवसरमा विभागबाट सेवा निवृत्त पूर्व विभागीय प्रमुखद्वय प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा डा खगेन्द्रप्रसाद लुइँटेल तथा प्रा डा भरतकुमार भट्टराईलाई बिदाइ सम्मान गरिएको थियो । कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, पूर्व विभागीय प्रमुख प्रा डा दयाराम श्रेष्ठ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत विभिन्न विभागका विभागीय प्रमुखको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य