नेभिगेशन
मनोरञ्जन

शम्भुजीतलाई दार्जिलिङको सम्मान

संगीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति संगीत पुरस्कार’ यस वर्ष प्रख्यात संगीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ ।
    दार्जिलिङको मिरिकस्थित लभ एन्ड सपोर्ट फाउन्डेसन तथा अम्बर गुरुङ सालिक निर्माण संरक्षण समितिद्वारा बास्कोटालाई भारतीय रुपैयाँ ५१ हजार १११ नगद र ताम्रपत्रसहित सो पुरस्कार प्रदान गरेको हो । 
    मिरिकमा आइतबार आयोजित कार्यक्रमा संस्थाका अध्यक्ष कैलाश राई, सचिव डीके गिरी, प्रमुख अतिथि गोविन्द सिंह क्षेत्री तथा संस्थापक अध्यक्ष मनोज राईलगायतले बास्कोटालाई सो पुरस्कारसहित सम्मान गरेका हुन् ।
    साथै नयाँ पुस्तामाझ अम्बर गुरुङका कालजयी धुन तथा सिर्जनालाई स्मरण र संरक्षण गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रममा संगीतकार तथा गीतकार बास्कोटालाई सम्मान गरिएको थियो । 
फाउन्डेशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा स्रष्टा–सर्जकलाई सम्मान गर्नु केवल एउटा कार्यक्रम होइन, उहाँहरूको सिर्जनायात्राप्रति हाम्रो कृतज्ञता र नेपाली कला संस्कृतिप्रतिको सम्मान पनिहो । यस्ता कार्यक्रमहरु एवं मान सम्मानले नेपालीकला र संस्कृतिलाई आगामी पुस्तामाझ पनि सुपरिचित गराउँदै लैजाने छ ।’
    सन् १९७१ मा संगीत निर्देशक तथा गायकका रूपमा व्यावसायिक सांगीतिक यात्रा सुरु गरेका बास्कोटाले नेपाली संगीत, चलचित्र, टेलिभिजन तथा सांस्कृतिक क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि योगदान पु¥याउँदै आएका छन् । 
    उनले ३६४ भन्दा बढी नेपाली चलचित्रमा संगीत निर्देशन तथा दुई हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्