नेभिगेशन
मनोरञ्जन

अभिमन्यूः च्याप्टर १ - हिन्दी र नेपालीमा एकसाथ

भदौ २७ गतेदेखि नेपालमा रिलिज गर्ने तर्खरमा रहेको ‘अभिमन्यूः च्याप्टर १’ जेनजी आन्दोलनका कारण स्थगत भएको थियो । अब भने फिल्म असोज २४ गते प्रदर्शन हुने भएको छ ।

सेभेन सिज सिनेमा प्रालिद्वारा जारी विज्ञप्तिअनुसार यो फिल्मलाई नेपाली र हिन्दी दुवै भाषामा नेपाल र अमेरिका–अस्ट्रेलिया लगायत अन्य देशमा पनि प्रदर्शन गरिने भएको छ । 

बद्लिँदो परिस्थितिमा कहिले आफैंलाई व्यंग्य गरेर त कहिले मिम प्रयोग गरेर फिल्मलाई सान्दर्भिक बनाइरहने काम सेभेनसिजले गरिरहेको छ ।

जेनजी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर र धरान नगरपालिकाका मेयरबीचको जुगलबन्दीलाई समेत मिम बनाएर अभिमन्यू टोलीले उपयोग गर्न खोजेको थियो । 

‘डियर दर्शक, तपाईंहरूले जति गाली गरे पनि हामी तपाईंहरलाई माया गर्न छोड्दैनौं, एकतर्फी नै सही तर हाम्रो माया अभिन्युको चक्रजस्तै हो, बाहिर निस्कनै सकिँदैन,’ सेभेन सिजको फेसबुक पेजमा लेखिएको छ । 

यसअघि साना कलाकार लिएर फिल्म बनाएकोमा टिप्पणी गर्दै संस्थाले कलाकार साना र ठूला नहुने भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्