नेभिगेशन
साहित्य

डा. अर्यालको स्थानबोध सार्वजनिक

त्रिभुवन विश्वविद्यालयका आमसंचार तथा पत्रकारिताका उपप्राध्यापक डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ पुस्तक सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ हास्यव्यंग्यकार प्रा.डा. रामकुमार पाँडेले सार्वजनिक गरे ।
प्राध्यापक पाँडेले यो कृति नेपालको कुनै एउटा गाउँको मात्र नभएर समग्र भूगोलको प्रतिनिधित्व गर्ने भएको हुँदा अन्य क्षेत्र र भूगोलको पनि कृति लेख्न लेखकहरुलाई आग्रह गरे । 
पुस्तकका लेखक डा. अर्यालले आफ्नो जन्मस्थान नवलपरासीको द्वारीको सेरोफेरोमा केन्द्रित रहेर समग्र देशको वस्तुस्थितिका बारेमा उल्लेख गरेका छन् । 
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्याल, त्रिचन्द्र क्याम्पसका नेपाली विभागका प्रमुख डा. अंगदमणि गौतम, महेन्द्र रत्न ताहाचलका क्याम्पस प्रमुख प्रा.डा. ओम बराल, वरिष्ठ न्यूरो सर्जन डा. राजेन्द्र श्रेष्ठ, समाजसेवी पासाङ काजी शेर्पा, डा. शशि मरासिनी लगायतले पुस्तकको चर्चा गर्दै मुलुकको ग्रामीण जीवनमा आधारित सामग्रीको आवश्यकता रहेको बताए । 
भूगोल र पत्रकारिताको सम्मिश्रणयुक्त यस पुस्तकले विकासको अवधारणालाई सहयोग पुग्ने विश्वास कार्यक्रममा वक्ताहरुले गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्