नेभिगेशन
अर्थतन्त्र

खुल्यो बेनिघाट–तातोपानी सडक

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलेको छ । 
पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको छ ।
अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी स्थायी रूपमा सडक निर्माणको काम अघि बढाइने मन्त्री लम्सालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्