नेभिगेशन
अर्थतन्त्र

आईसीटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट

काठमाडौं । प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औं संस्करणको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । गत साउनदेखि खुला गरिएको अवार्डको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएको उल्लेख गरिएको छ ।  यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा प्राप्त मनोनयनबाट सेमिफाइनलिस्टहरू सार्वजनिक गरिएको छ ।
१४ जना विज्ञ जुरी सदस्य र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी अवार्डको दुई चरणको छनोट प्रक्रियापछि चार विधामा ५० वटा स्टार्टअप तथा इनोभेसन छनोट भएका छन् । यी चार विधामा २३० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका थिए । सेमिफाइनलिस्टका रूपमा स्टार्टअप आईसीटी अवार्डअन्तर्गत १० टेक स्टार्टअप, १० सोसल इनोभेसन, १५ प्रडक्ट र १५ राइजिङ स्टार इनोभेसन छनोट भएका हुन् ।
छनोट भएका उत्कृष्ट १० स्टार्टअपमा आशीर्वाद केयर प्रालि, एक्सेलेरेटेड कम्प्युटिङ प्रालि, फ्युलिङ एम्बिसन्स प्रालि, गरुडएक्स मल्टिपर्पस प्रालि, गोमाइगो बुकिङ्स प्रालि, लुमिनो टेक्नोलोजी प्रालि, रेफेरो सोलुसन्स प्रालि, समएक्स इन्क प्रालि, योद्धा ल्याब प्रालि र जेलियन्ट कम्पनी प्रालि रहेका छन् ।
त्यस्तै, उत्कृष्ट १० सोसल इनोभेसनमा बारबर्दिया एग्रो–मेटेरोलोजिकल मेसेज एन्ड एडभाइजरी सिस्टम, खेल्दै सिक्दै कक्षा, कोपिला भ्याली स्कुल मेकर स्पेस, निदान ईएचआर, रिजेन नेपाल, राइड टु अर्न, सेतु, अपस्केलिङ स्मार्ट पब्लिक ट्वाइलेट्स फर बेटर स्यानिटेसन, वायुदृष्टि–वायुसेना र वेस्ट म्यानेजमेन्ट सिस्टम रहेका छन् ।
त्यसैगरी, उत्कृष्ट १५ प्रडक्टमा आशीर्वाद केयर, बाइटआउट, सेन्ट्रोनिक्स–सेन्ट्रल मोनिटरिङ सिस्टम, दन्त–मेड, एक्साना, आईएमएस डिजिटल लेन्डिङ, आईपी सेवा, काठमाडौं साइटसिइङ, लेख्नुस्, नेपाल एचआरएम, वान बीएनपीएल, अप्ट ईआरपी, प्यागोडा ल्याब्स डीएमएस, पीडीएफ मर्जली र वायुदृष्टि एटमोस रहेका छन् ।
त्यस्तै, उत्कृष्ट १५ राइजिङ स्टार इनोभेसनमा दृष्टिल्याब्स, इभोएमओई, हरित पाठशाला, किड्डीगार्ड, लाइफ लाइन, प्रेडिक्शन अफ प्रेडिक्शन, साक्षी, सेतु, स्काइट्रूप–पी१, सुरक्षा ३६०, स्वर–साथी, सिन्याप्टिक, द कैरोस इन्जिन, ट्राफिक आई र जेलियन्ट सप रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्