नेभिगेशन
फोटो स्टोरी

राजधानी काठमाडौंमै सडकको यस्तो अवस्था !

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्ता प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौंकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक भने महिनौ देखि हिलाम्मे भएको छ । वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

 ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए । सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले रु. १०७१९३२३.६८ भ्याट र पी एस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जनाए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

Shankhamul-Road_KTM_31_NPL_-(17)-1755145453.jpg

Shankhamul-Road_KTM_31_NPL_-(16)-1755145451.jpg

Shankhamul-Road_KTM_31_NPL_-(14)-1755145448.jpg

Shankhamul-Road_KTM_31_NPL_-(12)-1755145446.jpg

Shankhamul-Road_KTM_31_NPL_-(13)-1755145447.jpg

Shankhamul-Road_KTM_31_NPL_-(11)-1755145445.jpg

Shankhamul-Road_KTM_31_NPL_-(9)-1755145440.jpg

Shankhamul-Road_KTM_31_NPL_-(6)-1755145436.jpg

Shankhamul-Road_KTM_31_NPL_-(8)-1755145436.jpg

Shankhamul-Road_KTM_31_NPL_-(5)-1755145419.jpg

Shankhamul-Road_KTM_31_NPL_-(1)-1755145417.jpg

Shankhamul-Road_KTM_31_NPL_-(3)-1755145417.jpg

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्