नेभिगेशन
नेपाल

११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले ११ देशका लागि कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी कात्तिक २० गतेभित्र ती राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिएको हो ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार फिर्ता हुनेमा राजनीतिक नियुक्ति भएका राजदूत हुन्, भने परराष्ट्र सेवाबाट नियुक्त राजदूतहरू यथावत् रहनेछन् ।

फिर्ता बोलाइएका राजदूतहरुमा चीनका कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनीका डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल र स्पेनका सनिश नेपाल छन् ।

यी सबै राजदूतहरूलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नियुक्त गरेको थियो । नयाँ सरकारले राजनीतिक सन्तुलन र कूटनीतिक नीतिको पुनरावलोकनका क्रममा उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्