नेभिगेशन
साहित्य

सुबिन भट्टराईको कथासंग्रह बजारमा

उपन्यासकार सुबिन भट्टराईको नयाँ कथाकृति ‘चमेलीको फूल बैजनी रुमाल’ काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

शुक्रबार प्रकाशक फाइनप्रिन्टद्वारा आयोजित कार्यक्रममा कृतिकार भट्टराई र उनका प्रशंसक रश्मिला थापाले कृति लोकार्पण गरे ।

कृतिकार भट्टराईले आफू लेखनको यात्रामा हिँडेको १५ वर्ष भएको उल्लेख गर्दै आफ्ना कृतिहरू मनपराई दिएकामा सबैप्रति आभार व्यक्त गरे ।

उनले भने, ‘लेखन मेरो अभिन्न अंग भइसकेको छ । यो मेरो सातौँ कृति हो र यसमा कथाको संख्या पनि सात रहेको छ । शीर्षकले बैजनी रङ भने पनि यसमा सबै रङ समेटिएको छ ।’

उनले यो पुस्तक इन्द्रेणी बन्न आइपुगेको बताउँदै आफूले यसै संग्रहबाट सिनेमा बनाउने पनि बताए । कृति फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य