नेभिगेशन
साहित्य

सलमान रुस्दीको नयाँ कृति

सलमान रुस्दीले तीन वर्षअघि आफूमाथि भएको हत्या प्रयासले गम्भीर घाइते भए पनि त्यसले आफूलाई कुनै मानसिक समस्या नदिएको बताए । रुस्दीले आफ्नो नयाँ कथा संग्र्रह ‘इलभेन्थ आवर’ को बारेमा कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

तीन वर्षअघि भएको आक्रमणमा रुस्दीले आफ्नो एउटा आँखा गुमाए । सो घटनापछिको क्रमलाई उनले आफ्नो स्मरण ‘नाइफ’ मा उतारेका छन् । हाल भने उनले आफ्नो कथा संग्रहलाई सार्वजनिक गरेका हुन् ।

भारतमा जन्मिएका बेलायती–अमेरिकी लेखक रुस्दी २०१६ मा अमेरिकी नागरिक बनेका थिए, सोही वर्ष डोनाल्ड ट्रम्पले पहिलोपटक राष्ट्रपतिको चुनाव जितेका थिए । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि उनको प्रशासनले आप्रवासीहरूलाई देश निकाला गर्ने नीति तीव्र बनाएको छ । यो परिस्थितिमाथि टिप्प्णी गर्दै रुस्दी भन्छन्, ‘अमेरिका अहिले कठिन समयबाट गुज्रिरहेको छ । यदि हामी देशहरूलाई मानिसका रूपमा सोच्यौं भने हरेक देशको एउटा ‘राम्रो रूप’ र एउटा ‘नराम्रो रूप’ हुन्छ । यो देशले फेरि आफ्नो राम्रो रूप सम्झन सके राम्रो हुन्थ्यो ।’

रुस्दीको नयाँ कथा संगहले उनको साहित्यिक धरोहरलाई अत्यन्त गहनताका साथ पुनःस्मरण गरेको छ । अहिले समय अविश्वसनीय बनिरहेको बेला कथाको झन् धेरै महत्व देखिएको छ । ‘इलभेन्थ आवर’ का दुई कथा भारतमाथि लेखिएका छन्, जस्मा मानवीय आस्था र संशयबीचको गाँठोलाई उनिएको छ भने अमेरिकी परिवेशमा लेखिएका दुई कथामा सेन्सरसिप र धोखाघडीका विषय उधिनिएका छन् ।

रुस्दीको विशिष्ट संरचनात्मक र कथनशैलीगत क्षमतामा आधारित, यसले दैनिक जीवनको असाधारणतालाई देखाउँछ । उनको ‘इस्ट, वेस्ट’ संग्र्रहको सम्झना गराउने यो कथा सूक्ष्म चरित्र अध्ययन हो, जसले साना विवरणमार्फत विशाल प्रश्नहरू उठाउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य