नेभिगेशन
मनोरञ्जन

पारिवारिक कथामा ‘हर्ष’

खगेन्द्र लामिछाने र वर्षा राउतको मुख्य भूमिका रहेको नेपाली फिल्म  ‘हर्ष’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राइम म्युजिकको लगानीमा निर्मित यो फिल्म मंसिर १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी छ ।

यसको निर्देशन एकता पौडेलले गरेकी हुन् । केही सर्ट फिल्म निर्माण गरेकी उनका लागि ‘हर्ष’ पहिलो फिचर फिल्म हो । न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ र आमसञ्चारमा स्नातक पौडेलले यो फिल्मलाई दिवंगत निर्देशक शिव रेग्मीलाई समर्पण गरेको बताएकी  छन् ।

फिल्म पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको निर्देशक उनले बताइन् । कथा र पटकथा पनि पौडेलकै लेखनमा तयार भएको हो । छायांकन चितवनमा गरिएको यो फिल्म हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ ।

यसमा लामिछाने र राउतसँगै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीत नापितलगायतले अभिनय गरेका छन् ।

निर्माता प्रश्न पौडेल र विकास पौडेल हुन् भने हिक्मत चौखल कार्यकारी निर्माता रहेका छन् । छायांकन आलोक शुक्ला र सम्पादन लोकेश बज्राचार्यले गरेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता लामिछानेले महिला निर्देशकको प्रोजेक्टमा काम गर्न पाउनु सुखद रहेको बताए । ‘महिला निर्देशकले निर्देशन गरेको फिल्ममा अभिनय गर्नु मेरो पहिलो अनुभव हो,’ उनले भने, ‘एकता पौडेलले निकै मिहिनेतका साथ यो फिल्म बनाएकी छन् । म उनको कामको सम्मान गर्छु ।’ 

अभिनेत्री राउतले आफू परिवारसँग सम्बन्धित भूमिकामा देखिन पाउ“दा खुसी लागेको बताइन् । ‘मलाई आमा, सासू र परिवारसँग सम्बन्धित पात्रहरू सधैं मन पर्छ । ‘हर्ष’मा म त्यस्तै भूमिकामा छु र भविष्यमा पनि यस्ता पात्रहरूमा आफूलाई देखिइरहने छु,’ उनले भनिन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
कामुक बेली

कामुक बेली

फरक कथामा जारी–२

फरक कथामा जारी–२

अशोक दर्जीको जीवनीमा ‘मन बिनाको धन’

अशोक दर्जीको जीवनीमा ‘मन बिनाको धन’