नेभिगेशन
मनोरञ्जन

भारतमा आश्माको चर्चा

दक्षिण भारतीय फिल्म ‘पेड्डी’को ‘चिकिरी चिकिरी’ गीतमा नेपालकी आश्मा विश्वकर्माले बनाएको भिडियो नक्कलले नेपालको सीमा काटेर भारत मात्र पुगेको छैन, भारतीय सेलिब्रिटीको नजरमा समेत परेको छ ।

भारतीय अभिनेत्री जाह्नवी कपुरले उनको भिडियोलाई शेयर गरेकी छन् भने अरुले पनि यसलाई प्रशंसा गरिरहेका छन् । रिल्स र टिकटकमा उनको भिडियो यतिबेला भाइरल भएको छ ।

भिडियोमा आश्माले ‘चिकिरी चिकिरी’का नायक राम चरणकै जस्तो हाउभाउ र नृत्यका शैली अपनाएकी थिइन् । उनको यो भिडियो आश्माको फेसबुकबाट करोडभन्दा बढी भ्युज पाएको छ । त्यस्तै टिकटकमा पनि यो निकै चलेको छ । 

आश्मा नेपालको प्रख्यात नृत्य समूह कार्टून्ज क्रूजकी सदस्य हुन् । उनले सयौं नेपाली म्युजिक भिडियोमा कला देखाएकी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
टम क्रुजलाई ओस्कार

टम क्रुजलाई ओस्कार

आत्मसंवादको लकी लय

आत्मसंवादको लकी लय