नेभिगेशन
साहित्य

चिनियाँ साहित्यकारको सम्मानमा साहित्य–संवाद

चीनको ‘एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ लिटरेचर’ का पदाधिकारीको सम्मानमा नेपाल प्रज्ञा प्रतिष्ठान र देवकोटा–लुसुन प्रज्ञा प्रतिष्ठानले आज साहित्य–संवाद कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा दुवै देशको आपसी तथा साहित्यिक सम्बन्धका आयामबारे विभिन्न विज्ञ एवं वक्ताबाट प्रस्तुतिका साथै नेपाली र चिनियाँ भाषामा कविता वाचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता वाचनबाट आरम्भ भएको उक्त कार्यक्रममा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनीलकुमार पौड्यालले नेपाल र चीनबीचको साहित्यिक सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । चीनको ‘एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ लिटरेचर’ का उपनिर्देशक राओ वाङजिङसहितको टोली चार दिनदेखि नेपाल भ्रमणमा रहेको छ । कार्यक्रममा नेपाली कविहरू विमल निभा, मातृका पोखरेल, बाबा बस्नेत, कृष्ण प्रसाईँ, डा सृजना शर्मा तथा चिनियाँ स्रष्टाहरू लि झे, लि सिकिङ, लि फाङ, हि हाउ, वाङ फङलगायतले रचना एवं प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटा र चीनका महान साहित्यकार लुसुनले दुई मुलुकबीचको आपसी सम्बन्धमा थप नयाँ आयाम थपेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
‘बिहाइन्ड द मास्क’ पछि पर्‍याे

‘बिहाइन्ड द मास्क’ पछि पर्‍याे

सलमान रुस्दीको नयाँ कृति

सलमान रुस्दीको नयाँ कृति