नेभिगेशन
मनोरञ्जन

टम क्रुजलाई ओस्कार

साढे चार दशकको अभिनय यात्राको क्रममा अमेरिकी अभिनेता टम क्रुजले आफ्नो जीवनका पहिलो ओस्कार अवार्ड पाएका छन् । क्रुजसँगै मानार्थ ओस्कार पाउनेमा परोपकारी कर्ममा संलग्न गायक डोली पार्टन, कोरियोग्राफर डिबी एलेन तथा प्रोडक्डन डिजाइनर वेन थोमस छन् ।

६३ वर्षीय क्रुजले सोमबार मानार्थ ओस्कार ग्रहण गर्दै भने, ‘फिल्म बनाउनु मेरो काम होइन, त्यो काम नै म हुँ ।’ टप गन; मिसन इम्पोसिवलजस्ता फिल्ममा काम गरेका क्रुजले पूर्वीय दर्शनको ‘सोहम्’ को मर्म अनुसारको अभिव्यक्ति दिँदै आफ्नो अस्तित्व नै फिल्म भएको बताए । ४५ वर्ष अभिनय कर्ममा बिताएका क्रुजले ओस्कार अवार्ड ग्रहण समारोहमा फिल्मी क्षेत्रका पर्दा अगाडि र पर्दा पछाडि काम गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।

उनले अवार्ड पाइरहँदा हलिउडका दिग्गजहरूले लामो समय उभिएर ताली बजाइरहे । सो समारोहमा लियोनार्दो डिक्याप्रियो, स्टिभन स्पिलवर्ग जस्ता हस्ती सहभागी थिए । क्रुजको आगामी सिनेमा निर्माण गरिरहेका निर्माता अलेजान्ड्रो जी इनारिटुले उनलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

‘सिनामाले मलाई संसार देखायो,’ क्रुजले भने, ‘यसले मलाई भिन्नताहरू स्वीकार गर्न र असहमतिहरूलाई सम्मान गर्न सिकायो । यसैले मलाई मानवताका समानता सिकायो र हामीहरू बीच कति धेरै समानता छ भन्ने पनि बुझायो ।’

उनले आफ्नो भाषणको क्रममा के पनि भनेका छन् भने, ‘हामी जहाँबाट आए पनि यो रंगमञ्चमा हामी साथसाथ खुशी हुन्छौं, सँगै आशा गर्छौं, र सपना पनि सँगसँगै देख्छौं । यो नै अभिनय कलाको शक्ति हो ।’

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसका बोर्ड अफ गभर्नर्सले क्रुजलाई अर्वाड दिनुको कारणबारे प्रष्ट्याउँदै भनेको छ, ‘फिल्म समुदायप्रतिको समर्पण, अभियनप्रतिको उच्च प्रतिबद्धता र स्टन्ट समुदायप्रतिको लगावका कारण क्रुजलाई अर्वाड दिइएको हो ।’

क्रुजलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको केनेडी सेन्टर सम्मान दिने घोषणा गरेको थिए तर क्रुजले राष्ट्रपटि ट्रम्पको सो घोषणालाई बेवास्ता गर्दै आफूले सो सम्मान नलिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आत्मसंवादको लकी लय

आत्मसंवादको लकी लय

भारतमा आश्माको चर्चा

भारतमा आश्माको चर्चा