नेभिगेशन
मनोरञ्जन

निर्माता संघमा नयाँ नेतृत्व

नेपाली फिल्म निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न संघको चुनावी साधारण सभामा सुब्बाले आफ्ना प्रतिद्वन्द्वी सुनिलकुमार थापालाई २७ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । २८० मत खसेकोमा सुब्बाले १५३ र थापाले १२६ मत प्राप्त गरेका थिए ।

महासचिवमा कलाकार तथा ‘पशुपति प्रसाद’का निर्माता खगेन्द्र लामिछाने विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी किरण नेपालीलाई २७ मतले पराजित गर्दै १५२ मत ल्याए भने किरणले १२५ मत पाएका थिए ।

सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी किसान पोखरेलले ११२ मत पाउँदा गिरीले १५९ मत प्राप्त गरे ।

उपाध्यक्षमा ‘दिमाग खराब’का निर्माता रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्षमा ‘डिसेम्बर फल्स’का निर्माता रामप्रसाद रिजाल निर्विरोध छानिएका थिए । सदस्य पदमा यसअघि नै सर्वसम्मत निर्वाचित भए । सर्वसम्मत हुनेहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित छन् । ९ जना सदस्यमा ७ जनाको मात्र आवेदन परेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
लगनगाँठो कस्दै साम्राज्ञी

लगनगाँठो कस्दै साम्राज्ञी

चलचित्र विधेयक संशोधन गरिने

चलचित्र विधेयक संशोधन गरिने

टम क्रुजलाई ओस्कार

टम क्रुजलाई ओस्कार