नेभिगेशन
मनोरञ्जन

‘पारासोसियल’ बन्यो ‘वर्ड अफ दि इयर’

तपाईंले राजेश हमाललाई अचानक देख्नुभयो र भेट भयो भने त्यो बेला तपाईंलाई कस्तो महसुस हुन्छ ?

पक्कै पनि राजेश हमाल आफ्नै मान्छे वा दाजुभाइजस्तो लाग्छ होला । भेट नै नभई हमालजस्ता सेलिब्रिटीहरूसँग तपाईंले जोडिएको वा गहिरो सम्बन्धमा रहेको महसुस गर्नुहुन्छ भने तपाईंको त्यस्तो व्यवहार ‘पारासोसल’ हो । इन्टरनेटको संसारमा अहिले यो शब्द निकै चल्तीमा छ । क्याम्ब्रिज डिक्सनरीले मंगलबार ‘पारासोसल’लाई सन् २०२५ को ‘वर्ड अफ दि इयर’ घोषित गरेको छ ।

शब्दकोशमा शब्द अध्येता (लेक्सिकोग्राफर)हरूका अनुसार यो वर्ष विशेषरूपमा एकपक्षीय पारासोसियल सम्बन्धहरूमा चासो बढ्न पुग्यो । सर्वसाधारणले सेलिब्रेटी, इन्फ्लुएन्सर वा एआई च्याटबटहरूसँग ‘पारासोसल’ सम्बन्ध बढी नै बनाएको लेक्सिकोग्राफरहरूको भनाइ छ । ‘पारासोसल’ भनेको कुनै व्यक्ति वा चरित्रसँग त्यस्तो सम्बन्धलाई जनाउँछ, जसमा एक पक्षलाई अर्को पक्ष निकट साथी वा परिवारजस्तै लाग्छ तर वास्तविकतामा उनीहरूले ती व्यक्तिलाई चिन्दैनन् ।

यो शब्द सन् १९५६ मा शिकागो विश्वविद्यालयका दुई जना समाजशास्त्रीहरूले पहिलो पटक प्रयोग गरेका थिए । त्यतिबेला उनीहरूले टेलिभिजन दर्शकहरूमा सेलिब्रेटी वा टेलिभिजन व्यक्तित्वहरूसँग पारासोसियल सम्बन्ध बन्न थालेको देखेका थिए ।

कृत्रिम बौद्धिकता (एआई) दैनिक जीवनमा झन् बढी घुलमिल हुँदै गएको यो समयमा ‘स्लप’ शब्दले कम गुणस्तरको एआई– उत्पादित सामग्रीलाई जनाउँछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
बल्ल सुपरहिट

बल्ल सुपरहिट