नेभिगेशन
मनोरञ्जन

‘ऊनको स्वीटर’ भारतीय सिनेमा हलमा

चलचित्र ‘ऊनको स्वीटर’ शुक्रबारदेखि भारतमा प्रदर्शन गरिएको छ ।

भारतको वितरक कम्पनी एसली प्रोडक्सनका प्रमुख एवन राईका अनुसार भारतको दार्जिलिङको एसभिएफ सिनेमा, कस्र्याङको फन्टाजी सिनेमा, नाम्ची इम्पेरियल सिनेमा, गान्तोकका डेन्जोङ, वज्र र आइएनओएक्स गान्तोक तथा सिलिगुडीका सिनेमा सिटीसेन्टर, वेगा सर्कल, एग्रोपोलिस र साउथ सिटी सिनेमामा चलचित्र प्रदर्शन गरिएको हो । नयाँदिल्ली, असाम लगायतका स्थानमा भने आगामी हप्ता प्रदर्शन गरिने जनाइएको छ ।

गायक सुजन चापागाईं, निर्देशक नवीन चौहान, अभिनेता– अभिनेत्रीसहितको समूहले दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ र कालिम्पोङका हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

राईका अनुसार, सिक्किम सरकार र स्थानीय समुदायले देखाएको साथले भविष्यमा नेपाली चलचित्रको उपस्थिति भारतभर उल्लेखनीय बनाउन मद्दत गर्नेछ । ‘ऊनको स्वीटर’ हाम्रो पहिलो प्रयास हो र यसले बलियो संकेत दिइसकेको छ ।

यसअघि बुधबार एमजी रोड, गान्तोकमा आयोजित ‘ऊनको स्वीटर साँझ’ कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको राईले जानकारी दिए ।

नेपालभित्र गत वैशाख २६ गते प्रदर्शनमा आएको थियो यो फिल्मले पहिलो सातामा पाँच करोड हाराहारीको व्यापार गरेको थियो । हलबाट उत्रिँदा यो फिल्मले १२ करोडमाथिको रकम संकलन गर्न सफल भएको थियो । चलचित्रमा नवीन चौहानद्वारा लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
बल्ल सुपरहिट

बल्ल सुपरहिट