नेभिगेशन
साहित्य

गीत–संगीतका स्रष्टा नन्दनको ९० वर्षको उमेरमा निधन

चितवन, २ भदौ । कवि तथा संगीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित नन्दन आइतबार राति चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिवंगत भए ।

२०११ सालमा झटारो गीति–संग्रहमार्फत साहित्यमा प्रवेश गरेका नन्दन गजल, कविता र गीत–संगीतका क्षेत्रमा सक्रिय रहँदै आएका थिए । उनका अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइला, ऐना भित्रको आकाश लगायतका गीति–कृतिहरू नेपाली साहित्यको अमूल्य सम्पदा मानिन्छन् ।

तनहुँमा जन्मिएका नन्दन पछिल्लो जीवन चितवनमा व्यतित गर्दै आएका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नन्दनलाई गोलसिमलको संज्ञा दिएका थिए ।उनी छिन्नलता गीत पुरस्कार, नारायणी प्रज्ञा पुरस्कारलगायतका सम्मानबाट विभूषित भएका थिए । उनको अन्त्येष्टि आज देवघाटमा हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्