नेभिगेशन
प्रवास

गैर आवासीय नेपाली संघ बेल्जियममा नयाँ कार्यसमिति 

ब्रुसेल्स, २ भदौ । गैर आवासीय नेपाली संघ (NRNA) बेल्जियमको दशौँ महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनबाट आगामी दुई वर्ष (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

नव–निर्वाचित कार्यसमितिको नेतृत्व कमल पन्थीले गरेका छन् । कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र कार्की, सञ्जय श्रेष्ठ देवु, कुमार जोशी (केदार), रबिन पण्डित, सुर्य गुरुङ (आदिवासी), सरस्वती सुवेदी (महिला) र क्षितिज भट्टराई (युवा) चयन भएका छन् ।

महाधिवेशनबाट महासचिवमा रमेश दाहाल, उप–महासचिवमा डा. राजुश्री वास्तब, सचिवमा राजन दनै, बुद्ध अधिकारी (दीप्सन) र बेन्जु उप्रेती (महिला) तथा कोषाध्यक्षमा सबिन न्यौपाने निर्वाचित भए । युवा संयोजकमा दिवस ढकाल (प्रयास) र महिला संयोजकमा सुमित्रा घिमिरे पाण्डे चयन भएका छन् ।

समितिको सदस्यमा सीता दाहाल, राधिका श्रेष्ठ अधिकारी, रमेशराज लामिछाने, राजु घिमिरे र विष्णु सापकोटा चयन भएका छन् ।

क्षेत्रीय संयोजकमा कमल सापकोटा (Leuven), राजेन्द्र घिमिरे (Antwerpen), सुवास तामाङ (Brugge), अच्युत पैडेल (Ostende), सागर बिष्ट (Brussel) र अन्जु ठकुरी (Gent) निर्वाचित भए । यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा साबित्रा गिरी निर्वाचित भएकी छन् ।

महाधिवेशन सम्पन्न भएसँगै नव–निर्वाचित कार्यसमितिले बेल्जियमस्थित नेपाली समुदायबीच एकता, सहयोग र पहिचान प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्