नेभिगेशन
मनोरञ्जन

रोजाइमा आरोहण र प्रेमको फ्युजन

प्रदर्शनको ५१औं दिन पूरा गरेको नेपाली फिल्म ‘जेरी अन टप’ ले राम्रो कमाइ गरेको छ । फिल्मले शनिबार उपत्यकाका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज र कालिमाटी, एफक्युब चाबहिलसँगै इटहरीको इलाइट सिनेमामा प्रदर्शनको ५१औं दिन पूरा गरेको वितरक करण श्रेष्ठले जानकारी दिए ।

सगरमाथा आरोहण र प्रेम कथामा आधारित फिल्मले घरेलुबजारमा राम्रो व्यापार गरेको हो । ‘यो समग्रमा नेपाली फिल्म क्षेत्रका लागि सुखद खबर हो । यसको सफलताले विधागत अरु निर्मातालाई प्रोत्साहन मिलेको छ,’ श्रेष्ठले भने । उनका अनुसार उक्त फिल्म नेपालमा १२ करोड ५० लाख रुपैयाँ हाराहारी ग्रस कलेक्सन गर्न सफल भएको छ । सरोज न्यौपानेद्वारा निर्मित फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतले अभिनय गरेका छन् । सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली फिल्म बनेको छ ।

अभिनेता अनमोल केसीले यो समग्र नेपाली फिल्म क्षेत्रका लागि सुखद् सन्देश भएको बताए । ‘फिल्मको सफलताले ऊर्जा थपेको छ । सगरमाथाको विषयलाई केन्द्रमा राखेर प्रस्तुत प्रेमकथा दर्शकले रुचाउनुभएको छ,’ उनले भने । काठमाडौंका केही हलमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
अवतार–३ ज्वालामुखीको शक्ति

अवतार–३ ज्वालामुखीको शक्ति

शृंखलामा सुनील पोखरेल

शृंखलामा सुनील पोखरेल

बढ्दैछ चलचित्रको व्यापार

बढ्दैछ चलचित्रको व्यापार